• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   सम्राट् नेपोलिअनले आत्महत्या गर्न प्रयोग गर्न खोजेका पिस्तोल रु २४.५ करोडमा लिलाम ★   पदोन्नति नपाएका राष्ट्रसेवक मन्त्रालयको मुलद्वारमा लुडो खेलेर दुई घण्टा बिताउँदै ★   बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता ★   एमाले सांसदहरुको एकै स्वर – प्रधानमन्त्रीले अविलम्व राजीनामा दिनुपर्ने ★   सरकार घोर अल्पमतमा पर्‍यो, प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै हुनुहुन्छ: सांसद गैरे ★   भारतीय टोलीका यी खेलाडीहरु जसले एक खेल पनि नखेली ५–५ करोड लिनेछन् ★   तोलामा रु चार सयले घट्यो सुनको मूल्य ★   बागमती सरकारबाट बाहिरियो एमाले ★   दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन ★   ललितपुरमा ऐतिहासिक धारा पुन:निर्माण

बिहारमा भत्किइएको पुल योजना अनुसार, भिडियो भाइरल



एजेन्सी । विहारमा भत्कँदै गरेको पुलको भिडियो भाइरल बनेका छ । तर उक्त पुल योजना अनुसार नै भत्काइएको बिहारका डेपुटी चिफ मिनिस्टर तेजस्वी यादवले बताएका छन् । गंगा नदीमाथि निर्माणाधीन पुलमा गम्भीर त्रुटी भेटिए पछि योजना अनुसार नै भत्काइएको उनको दाबी छ ।

न्यूज एजेनसी पीटीआईका अनुसार खागारिया र भागलपुर जोड्ने निर्माणाधीन पुल भत्काइएको भिडियो भाइरल बनेपछि विपक्षी भारतीय जनता पार्टीले कडा विरोध गरेको छ । पुल भत्किएका कारण कुनै पनि मानवीय क्षति भने भएको छैन ।

पत्रकार सम्मेलनमा तेजस्वी यादव, सडक निर्माण विभागका मुख्यसचिव प्रत्याय अमृतले सन् २०२२ मा हावाहुरी आउँदा सोही पुलको केही भाग भत्किएपछि गरिएको जाँचमा पुलको डिजाइनमा समस्या देखिएको थियो ।
डिजाइनमा त्रुटी देखिएपछि जोखिम नलिने भन्ने निर्णयका आधारमा पुल भत्काइएको दाबी गरिएको छ ।