१८ भाद्र २०८३, बिहीबार
,
Latest
एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती सरकारबाट बाहिरियो एमाले



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका मन्त्रीहरूले बागमती प्रदेश सरकारबाट राजीनामा दिएका छन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलसँगै उनीहरुले राजीनामा दिएका हुन् ।

गत चैत्र १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रो पटक सहभागी भएको एमाले केन्द्रमा नयाँ गठबन्धन भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिएको हो ।

बागमती सरकारमा एमालेका आर्थिक मामिला मन्त्रीमा जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ गरी पाँच जना मन्त्री थिए ।