३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितानिवास जग्गा प्रकरणका मुछिएका ४९ जनाको घर/ठेगाना नभेटेको भन्दै जारि गरियो सुचना



अ+ अ-

काठमाडौं । मालपोत कार्यालय काठमाडौंले बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा प्रकरणमा मुछिएकाहरूको घर/ठेगाना पत्ता लगाउन नसकिएको निकर्ष निकालेको छ । 

आज गोरखापत्रमा भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट २१ दिने सूचना जारी गर्दै २९९ रोपनी सार्वजनिक जग्गा प्रकरणका आरोपीको घर/ठेगाना पत्ता नलागेको बताएको हो । 

काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा विभिन्न व्यक्तिरसंस्थाको नाममा दर्ता थियो।

उक्त सूचनामा भनिएको छ ‘मालपोत ऐन २९३४ को दफा २४ को उपदफा २ बमोजिम नेपाल सरकारका नाममा ती जग्गा कायम गर्नुपर्ने भएकोले संस्था र व्यक्तिहरूलाई म्यादरसूचना घरदैलोमा बुझाउन जाँदा घररठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भनी सम्बन्धित मालपोत कार्यालय तथा तामेल गर्न गएका कर्मचारीबाट फिर्ता प्राप्त भएको हुँदा यो २१ दिने म्यादरसूचना जारी गरिएको छ ।’ 

भाटभटेनी सञ्चालक रहेका मीनबहादुर गुरूङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाल लगायत ४९ जनाको घर/ठेगाना पत्ता नलागेको भन्दै सूचना जारी भएको छ।

ती जग्गा नेपाल सरकारका नाममा कायम गर्नु नपर्ने कुनै कारण भए आफ्नो भएको भनाइ सबुत कागज प्रमाणसहित बाटोको म्यादबाहेक २१ दिनभित्र कार्यालयमा लिखित प्रतिक्रियासहित उपस्थित हुन पनि भनिएको छ। 

निषेधाज्ञाले कार्यालय आउन नसक्ने हो भने dillibazar@dolma.gov.np मार्फत् आफ्नो प्रतिक्रिया वा प्रमाण कागज पेश गर्न पनि कार्यालयले आग्रह गरेको छ।