२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितानिवास जग्गा प्रकरणका मुछिएका ४९ जनाको घर/ठेगाना नभेटेको भन्दै जारि गरियो सुचना



अ+ अ-

काठमाडौं । मालपोत कार्यालय काठमाडौंले बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा प्रकरणमा मुछिएकाहरूको घर/ठेगाना पत्ता लगाउन नसकिएको निकर्ष निकालेको छ । 

आज गोरखापत्रमा भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट २१ दिने सूचना जारी गर्दै २९९ रोपनी सार्वजनिक जग्गा प्रकरणका आरोपीको घर/ठेगाना पत्ता नलागेको बताएको हो । 

काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा विभिन्न व्यक्तिरसंस्थाको नाममा दर्ता थियो।

उक्त सूचनामा भनिएको छ ‘मालपोत ऐन २९३४ को दफा २४ को उपदफा २ बमोजिम नेपाल सरकारका नाममा ती जग्गा कायम गर्नुपर्ने भएकोले संस्था र व्यक्तिहरूलाई म्यादरसूचना घरदैलोमा बुझाउन जाँदा घररठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भनी सम्बन्धित मालपोत कार्यालय तथा तामेल गर्न गएका कर्मचारीबाट फिर्ता प्राप्त भएको हुँदा यो २१ दिने म्यादरसूचना जारी गरिएको छ ।’ 

भाटभटेनी सञ्चालक रहेका मीनबहादुर गुरूङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाल लगायत ४९ जनाको घर/ठेगाना पत्ता नलागेको भन्दै सूचना जारी भएको छ।

ती जग्गा नेपाल सरकारका नाममा कायम गर्नु नपर्ने कुनै कारण भए आफ्नो भएको भनाइ सबुत कागज प्रमाणसहित बाटोको म्यादबाहेक २१ दिनभित्र कार्यालयमा लिखित प्रतिक्रियासहित उपस्थित हुन पनि भनिएको छ। 

निषेधाज्ञाले कार्यालय आउन नसक्ने हो भने [email protected] मार्फत् आफ्नो प्रतिक्रिया वा प्रमाण कागज पेश गर्न पनि कार्यालयले आग्रह गरेको छ।