जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ को संसदीय दलको नेतामा चयन भएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मधेस भवनमा बसेको सांसदहरूको बैठकले राउतलाई संसदीय दलको नेता चयन गरेका हो ।
बहुमतको आधारमा राउतलाई नै दलको नेता चयन गरिएको स्रोतले बताएको छ ।








