सुर्खेत । नेकपा (एमाले) सुदूरपश्चिम संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण बुझाएका छन् ।
शाहले आइतबार बिहान एमाले प्रदेश कमिटीमार्फत अध्यक्ष ओलीलाई जवाफ पेश गरेका हुन् ।
शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको निर्णय विपरीत काम गरेको भन्दै शाहलाई ४८ घण्टे अल्टिमेटम दिँदै स्पष्टीकरण सोधेका थिए ।
पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्नु र पार्टी एकता विरोधी काम गर्दै आएको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शाहलाई अध्यक्ष ओलीले ८ प्रश्नको जवाफ मागेका थिए ।
उनको स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशन गर्ने चेतावनी समेत ओलीले दिएका छन् ।








