३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध नेपाल सुखि नेपालीको आकांक्षा पुरा गर्छु : ऊर्जामन्त्री भण्डारी



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको समृद्ध नेपाल सुखि नेपालीको आकांक्षालाई सफल पार्न आफ्नो ध्यान जाने बताउनुभएको छ । 

आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मत्री भण्डारीले आफुहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले आफुहरु सरकारमा सहभागि भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीले लिनुभएको समृद्ध नेपाल सुखि नेपालीलाई सफल पार्नको निम्ति आफ्नो ध्यान जाने बताउनुभएको हो ।

उहाँले भन्नुभयो – ‘जसपा र नेकपा(एमाले)को सहकार्यमा बनेको छ सरकार । हामी सहकार्य गर्न आएका छौँ । हामिले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामि मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौ भनेर आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाइ सम्बोधन गरेर अगाडी बढेको र हामिलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ ।’

उहाँले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडी बढाउने बताउनुभयो ।