२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध नेपाल सुखि नेपालीको आकांक्षा पुरा गर्छु : ऊर्जामन्त्री भण्डारी



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको समृद्ध नेपाल सुखि नेपालीको आकांक्षालाई सफल पार्न आफ्नो ध्यान जाने बताउनुभएको छ । 

आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मत्री भण्डारीले आफुहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले आफुहरु सरकारमा सहभागि भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीले लिनुभएको समृद्ध नेपाल सुखि नेपालीलाई सफल पार्नको निम्ति आफ्नो ध्यान जाने बताउनुभएको हो ।

उहाँले भन्नुभयो – ‘जसपा र नेकपा(एमाले)को सहकार्यमा बनेको छ सरकार । हामी सहकार्य गर्न आएका छौँ । हामिले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामि मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौ भनेर आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाइ सम्बोधन गरेर अगाडी बढेको र हामिलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ ।’

उहाँले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडी बढाउने बताउनुभयो ।