३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीलाई केजरीवालको प्रश्नः पिज्जा र बर्गरको होम डेलीभरी हुन्छ भने राशनको किन हुँदैन ?



अ+ अ-

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवार पत्रकार सम्मेलन गरेका छन् ।

उनले दिल्लीमा घर-घर राशन योजनामा केन्द्र सरकारले प्रतिबन्ध लगाएपछि पत्रकार सम्मेलन गरेका हुन् । 

"घर घर राशन योजनाको सबै तयारी भइसकेको थियो । अचानक दुई दिन अगाडी आएर किन रोक्नु भयो ?" उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न गर्दै भने, "फोनको सहयोगबाट घरघरमा पिज्जार बर्गर पठाँउन सकिन्छ भने राशन किन सकिन्न ? पैशाहुनेहरुले त पिज्जा मगाएर खान्छन् तर ति गरिबहरले के खान्छन ? उनीहरुको कुरा कसले सुन्ने ?"

शनिबारमात्र मुख्यमन्त्री केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने बताएका थिए ।