२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीलाई केजरीवालको प्रश्नः पिज्जा र बर्गरको होम डेलीभरी हुन्छ भने राशनको किन हुँदैन ?



अ+ अ-

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवार पत्रकार सम्मेलन गरेका छन् ।

उनले दिल्लीमा घर-घर राशन योजनामा केन्द्र सरकारले प्रतिबन्ध लगाएपछि पत्रकार सम्मेलन गरेका हुन् । 

"घर घर राशन योजनाको सबै तयारी भइसकेको थियो । अचानक दुई दिन अगाडी आएर किन रोक्नु भयो ?" उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न गर्दै भने, "फोनको सहयोगबाट घरघरमा पिज्जार बर्गर पठाँउन सकिन्छ भने राशन किन सकिन्न ? पैशाहुनेहरुले त पिज्जा मगाएर खान्छन् तर ति गरिबहरले के खान्छन ? उनीहरुको कुरा कसले सुन्ने ?"

शनिबारमात्र मुख्यमन्त्री केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने बताएका थिए ।