१४ श्रावण २०८३, बिहीबार
,
Latest
सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला एशियन कप छनोट खेल्ने यु–२० टोलीको बिदाई



अ+ अ-

काठमाडौँ । म्यानमारमा आयोजना एएफसी यु–२० महिला एशियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न जाने नेपाली महिला टोलीलाई आईतवार बिदाई गरिएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आईतवार एन्फाले एक कार्यक्रमको आयोजना गरेर म्यानमारमा छनोट खेल्न जान लागेको नेपाली महिला टोलीको बिदाई गरेको हो । टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश साह लगायतले बिदाई गर्नुभयो । एन्फा अध्यक्ष नेम्वाङले म्यानमार भ्रमणलाई सार्थक बनाउन शुभकामना दिनुभयो ।

छनोट अन्तर्गत नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा चीन, म्यानमार र चाइनिज ताइपेइ छन् । नेपालले जुन ६ मा आयोजक म्यानमारसँग खेल्दै छनोटको शुरुवात गर्नेछ । यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेइसँग अन्तिम छनोट खेल खेल्नेछ । नेपालले यस अघि प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्याण्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपाली टोलीलाई याम प्रसाद गुरुङले गरेका छन् भने नेपाली टोलीको कप्तानी दिपा शाहीले सम्हाल्ने छिन् ।

नेपाली टोली
गोलकिपर: कविता विक, लिला जोशी, सावित्री किसान
रक्षक: सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डर: दीपा शाही (कप्तान), सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य
फरवार्ड: अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन