६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शौचालयमा दैनिक ६ घण्टा बिताउने कर्मचारीको जागिर ‘चैट’



अ+ अ-

एजेन्सी । हामी सबै काम गर्न अफिस जान्छौं । काम गरेपछि मात्र तलब पाउँछौँ । कामको बीचमा २–३ ब्रेक लिइरहन्छौँ । तर, ब्रेक लिनु चीनमा एक व्यक्तिलाई महँगो परेको छ । कामको बीचमा व्यक्तिले ६ घण्टा ब्रेक लिने गरेकोले कम्पनीले उनलाई बर्खास्त गरेको हो ।

पछि ती व्यक्ति अदालत जानुपर्‍यो । वास्तवमा, जानकारी अनुसार एक व्यक्तिले कार्यालयको शौचालयमा दिनको ६ घण्टा बिताउने गर्थे, जसका कारण कम्पनीले उनलाई जागिरबाट निकालेको हो।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार उक्त व्यक्तिको थर वाङ हो । उनी दिनमा ६ घण्टा ट्वाइलेट ब्रेक लिने गर्थे । एकपल्ट त्यहाँ गएर बस्ने गर्थे । सुरुमा सबै ठीकठाक भयो तर पछि ती व्यक्तिले जागिर गुमाउनु पर्यो ।

वास्तवमा कुरा के हो भने वाङ सन् २००६ मा जागिरमा आएका थिए । उनी करारमा काम गर्थे । डिसेम्बर २०१४ मा वाङलाई मलद्वारसम्बन्धी समस्या थियो । यस्तो अवस्थामा उनले आफ्नो उपचार पनि गराए । उपचारपछि वाङले कार्यालय समयमा दिनको ६ घण्टा शौचालयमा बिताउने गर्थे । यस्तो अवस्थामा कम्पनीले उनको सम्झौता खारेज गरेको हो ।

हताश भएर वाङ अदालत गए । तर, अदालतले पनि उनको कुरा सुनेन । अदालतले कम्पनीलाई सदर गरेको छ । यो खबर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । चिनियाँ सामाजिक सञ्जालमा मानिसहरूले आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।