२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली सरकारमा थपिएका दुई मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ



अ+ अ-

सुर्खेत । कर्णाली सरकारमा थपिएका दुई जना मन्त्रीले सपथ लिएका छन्  । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ ग्रहण गरेका हुन् । 

मन्त्रीद्वयलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

दुवैजना नेपाली कांग्रेसबाट महेन्द्र बहादुर शाही सरकारमा सहभागी भएका हुन् । अब कर्णालीको मन्त्रिपरिषद् आठ सदस्यीय भएको छ ।