• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ? ★   रूग्ण उद्योग पुन:सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ: प्रधानमन्त्री ★   मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला: माधवकुमार नेपाल ★   देश विकास हुनबाट रोक्न काँग्रेसले ‘स्यालहुँइया’ मच्चायो: ओली ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ? ★   जिल्ला प्रहरी कार्यालय सिरहाभित्र प्रहरी जवान मृत फेला ★   चितवनबाट रेशमखेती विस्थापित हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरण: आदेश १० दिनपछि मात्रै आउने



काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे ३१ जेठ (अर्को बुधबार) आदेश गर्ने भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअघि बहस टुंग्याउन आग्रह गर्नुभएको हो ।

शुरुमा सरकारी वकिललाई २ दिन बहसका लागि समय दिने छलफल भए पनि टोपबहादुर रायमाझीका कानून व्यवसायीहरुले आफूहरुलाई पूरै एक दिन आवश्यक पर्ने भन्दै समय मागेका थिए। त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, आरोपितहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो ।