२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोह्रखुट्टेका डिएसपी खड्का परिसरमा तानिए



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दिपक खड्का महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएका छन् । 

आर्थिक विवादमा मुछिएपछि डिएसपी खड्कालाई त्यहाँबाट हटाएको बुझिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनलाई केही महिना पहिले स्पष्टिकरण माग गरेको थियो ।

महानगरीय प्रहरी कार्यालयको अनुगमन टोलीले ठमेल क्षेत्रमा सञ्चालित रात्रि व्यवसाय ढिलासम्म खोल्न दिएको फेला पारेपछि उनलाई स्पष्टिकरण सोधिएको थियो ।