• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’ ★   खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’ ★   ललितपुरको महालक्ष्मीमा आगलागी, एकै परिवारका ५ जना घाइते ★   सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री ★   सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा ★   सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा, पहिलो नम्बरमै पालो ★   एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि ★   आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै ★   बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित ★   एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित

सबै आईसीसी टुर्नामेन्ट जित्ने पहिलो देश बन्नेछ डब्लुटीसी विजेता



एजेन्सी । भारत र अष्ट्रेलियाबीच जुन ७ बाट सुरु हुने विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को फाइनल जित्ने टोलीले इतिहास रच्ने छ ।

टेस्ट च्याम्पियनसिप जितेर टोली आईसीसीको सबै पुरुष टूर्नामेन्ट जित्ने पहिलो टोली बन्नेछ ।

दुवै टोलीले आइसीसी अन्डर–१९, टी–२० र एकदिवसीय विश्वकप सहित च्याम्पियन्स ट्रफी पनि जितेका छन् ।

दुवै देशले आईसीसीमा सबैभन्दा बढी ११–११ ट्राफी पनि जितेका छन् ।

यस्तो अवस्थामा डब्ल्यूटीसी फाइनल जित्ने टोलीले आईसीसीका सबै प्रतियोगिताको च्याम्पियन बन्नुका साथै विश्व क्रिकेटमा आफ्नो वर्चस्व प्रमाणित गर्नेछ ।