एजेन्सी । इजरायलका वैज्ञानिकले कोरोना परीक्षणमा सहज प्रविधि विकास गरेका छन्।
अब ‘इलेक्ट्रिक नाक’बाट कोरोना भाइरस भए/नभएको पत्ता लगाउन सकिनेछ ।
वैज्ञानिकका अनुसार यो यन्त्र बिरामीको नाकमा सुँघाइन्छ र ८० सकेन्डमा त्यसको नतिजा आउँछ। यो प्रविधिबाट ९४ प्रतिशतसम्म रिपोर्ट सही आउने वैज्ञानिकहरुको दाबी छ ।
यसलाई कोरोना संक्रमण शंका गरिएका बिरामीको नाकमा घुसारिन्छ। जसले बिरामीको नाकमा रहेको रासायनिक गन्ध परीक्षण गर्छ र कोरोना छ कि छैन भनेर बताउँछ।
अनुसन्धानकर्ताका अनुसार हरेक रोगको विशेष गन्ध हुन्छ, जसले शरीरको मेटाबलिक प्रक्रिया परिवर्तन गरिदिन्छ। यही सूत्रबाट यो नयाँ प्रविधि विकास गरिएको हो।
वैज्ञानिकका अनुसार यस प्रविधिलाई पेन–३ नाम दिइएको छ। विद्युत् नाक एउटा लामो ट्युब जोडेर बनाइएको छ । जसमा खास किसिमका सेन्सर लगाइएको छ, जसले नाकमा रहेको भाइरस पत्ता लगाउँछ ।
हालसम्म यस प्रविधिद्वारा ५ सय ३ जनाको कोरोना परीक्षण गरिएको र त्यसमध्ये २७ जनामा कोरोना पोजिटिभ पाइएको समाचार स्रोतमा उल्लेख छ ।
समाचार लिंकः वैज्ञानिकले बनाए ८० सेकेन्डमै कोरोना पत्ता लगाउने अनौठो यन्त्र