३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैज्ञानिकले बनाए ८० सेकेन्डमै कोरोना पत्ता लगाउने अनौठो यन्त्र



अ+ अ-

एजेन्सी । इजरायलका वैज्ञानिकले  कोरोना परीक्षणमा सहज प्रविधि विकास गरेका छन्। 

अब ‘इलेक्ट्रिक नाक’बाट कोरोना भाइरस भए/नभएको पत्ता लगाउन सकिनेछ । 

वैज्ञानिकका अनुसार यो यन्त्र बिरामीको नाकमा सुँघाइन्छ र ८० सकेन्डमा त्यसको नतिजा आउँछ। यो प्रविधिबाट ९४ प्रतिशतसम्म रिपोर्ट सही आउने वैज्ञानिकहरुको दाबी छ ।

यसलाई कोरोना संक्रमण शंका गरिएका बिरामीको नाकमा घुसारिन्छ। जसले बिरामीको नाकमा रहेको रासायनिक गन्ध परीक्षण गर्छ र कोरोना छ कि छैन भनेर बताउँछ।

अनुसन्धानकर्ताका अनुसार हरेक रोगको विशेष गन्ध हुन्छ, जसले शरीरको मेटाबलिक प्रक्रिया परिवर्तन गरिदिन्छ। यही सूत्रबाट यो नयाँ प्रविधि विकास गरिएको हो।

वैज्ञानिकका अनुसार यस प्रविधिलाई पेन–३ नाम दिइएको छ। विद्युत् नाक एउटा लामो ट्युब जोडेर बनाइएको छ । जसमा खास किसिमका सेन्सर लगाइएको छ, जसले नाकमा रहेको भाइरस पत्ता लगाउँछ ।

हालसम्म यस प्रविधिद्वारा ५ सय ३ जनाको कोरोना परीक्षण गरिएको र त्यसमध्ये २७ जनामा कोरोना पोजिटिभ पाइएको समाचार स्रोतमा उल्लेख छ । 
समाचार लिंकः वैज्ञानिकले बनाए ८० सेकेन्डमै कोरोना पत्ता लगाउने अनौठो यन्त्र