३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि मन्त्रालय भनेपछि मल छ कि छैन, यो सरोकारको विषय रैछ : अर्याल



अ+ अ-

काठमाडौं । निवर्तमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले कृषि मन्त्रालयको शाख कृषि मलको सहज उपलब्धतामा जोडिएकाले अभाव हुन नदिन सबै लाग्न अनुरोध गर्नुभएको छ । 

मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै निवर्तमान कृषिमन्त्री अर्यालले मल बहुसरोकारको विषय भएकाले आपुर्तिमा निरन्तर अनुगमन गर्न आग्रह गर्नुभयो । सरकारले किसानलाई दिने अनुदान पनि बढाएको उल्लेख गर्दै उहाँले अनुदानको रकम किसानले नपाउने अवस्था हुनु नहुने बताउनुभयो । उहाँले भन्नुभयो – ‘कृषि मन्त्रालय भनेपछि मल छ कि छैन, यो सरोकारको विषय रैछ । सरकारले पनि अब बढाएर १३ अर्बमा पुर्याएछ अनुदानको निम्ति किसानहरुलाई यो सानो पैसा त होइन नि । अब यो सरकारले जे उद्देश्यले त्यत्रो किसानहरुलाई राहत होस् भनेर अनुदानको प्रवन्ध गर्या छ, त्यो किसानहरुले उपभोग गर्न नपाउने खालको परिस्थिति सिर्जना भयो भने दुखद कुरा हुन्छ । हामीले मेहनत बेस्सरी गर्या छौँ । निगरानी गरिरहनुपर्ने छ । कहिनिर थोरै कमजोरी हुनवित्तिकै यता समस्या खडा हुन्छ । मैले निर्देशनको रुपमा होइन, एउटा जिम्मेवार नागरिकको हैसियतले भन्छु, मलको अभाव नहोस् । हामीले जे प्रोसेस अगाडी बढायौँ त्यसलाई तपाईहरुले बिन्दुमा पुर्याउनुभयो भने गुनासो नआउला । तपाईहरु यसमा सचेत भएरै अगाडी बढ्नुहोला ।’

निवर्तमान कृषिमन्त्री अर्यालले किसान आयोगले पार्टीको घोषणा पत्रमा बोलेका  कुराहरुलाई सरकारको नीति, कार्यक्रममा सम्बोधन गराउने र किसानका समस्याहरुलाई समाधान गराउने दिशातर्फ अघि बढ्न पनि आग्रह गर्नुभयो ।

निवत)मान कृषि मन्त्री अर्यालले जिम्मेवारीमा कतिसमय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्‍ने कुरा महत्व हुने भन्दै आफुले गर्न खोजेको धेरै काम सम्पन्न गर्न सकेकोमा सन्तोष महसुस गरेको बताउनु भयो । निवर्तमान कृषि मन्त्री अर्याल गत वर्ष पौषमा मन्त्री नियुक्त हुनुभएको थियो ।