२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनू सुदले मजदुरसँग बसेर इँटा बनाएपछि…



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सोनू सुदलाई गरिबको मसीहा भनिन्छ । उनले कोरोनाकालदेखि अहिलेसम्म धेरैलाई सहयोग गरिसकेका छन् । हालै सोनुले आफ्नो सोसल मिडिया अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन्, जसमा उनी एक व्यक्तिसँग इँटा बनाउँदै गरेको देखिन्छ ।

सोनू सुद इँटा भट्टामा देखिन्छन् । यस क्रममा उनीसँगै एक मजदुर पनि देखिन्छन् । भिडियोमा सोनू भन्छन्, ‘रञ्जित मसँगै छन् । रञ्जितले २२ वर्षदेखि इँटाभट्टामा इँटा बनाउँदै आएका छन् । इँटाले हाम्रो घर बनाउँछ र हामी घर भित्र आरामसँग बस्छौं ।’ यसपछि सोनू माटोको सहायताले इँटा बनाउँदै गरेको देखियो ।

इँटा बनाएपछि सोनुले मजदुरलाई सोधे – कस्तो बन्यो ? रञ्जित हाँस्दै भने, ‘राम्रो बनेन ।’ यसपछि सोनू फेरि इँटा बनाउँदै देखिए । सोनूको यो भिडियोलाई सामाजिक सञ्जालमा निकै मन पराइँदैछ ।

सोनू सूद चाँडै फिल्म ‘फतेह’ मा देखिनेछन् । यो एक एक्शन थ्रिलर फिल्म हो, जुन पंजाबमा मात्र आधारित छ । सोनु फिल्म फतेहमा बलियो खलनायकको भूमिकामा देखिनेछन् । सोनु सुदको आफ्नै होम प्रोडक्सन शक्ति सागर प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भइरहेको छ ।