• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   मातातीर्थमा तिर्थालुको भीड- तस्बिरहरु ★   राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन: महामन्त्री थापा ★   संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने ★   सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या ★   चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान ★   मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो ★   मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ ★   भारतीय मुलका क्रिकेटरलाई बलात्कार मुद्दामा सफाइ, अस्ट्रेलियाली महिलाले आरोप लगाएकी थिइन् ★   यी चीजहरू उपहारको रूपमा दिनाले सम्बन्धमा खटपट आउँछ ★   साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी राष्ट्रपति पौडेल

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै



file photo: rss

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमण सकेर आज साँझ स्वदेश फर्किँदै हुनुहुन्छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्नुभएको थियो । यसैगरी प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा शुरुमा वान टू वान र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुभएको थियो ।

वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुभएको थियो । त्यसपछि भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया समेत गर्नुभएको थियो ।

उहाँले भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई भारतमा रहनुभएका नेपाली समुदायसँग पनि कुराकानी समेत गर्नुभएको थियो ।

यस्तै, भारत भ्रमणकै क्रममा उहाँले मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्नुभयो । उज्जैन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको पूजाअर्चना गर्नुभएको थियो ।

सोहीक्रममा उहाँले नेपालबाट लगेको १०८ केजी रूद्राक्ष र ५१ हजार रूपैयाँ दान समेत गर्नुभयो । भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक रहेको छ ।