२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च ओपन : मेडभेडेभ, चिचिपास र पाब्लोचेन्कोभा क्वार्टरफाइनलमा प्रवेश



अ+ अ-

यस वर्षको फ्रेन्च ओपनको खेलमा पुरुष एकलतर्फ ग्रीसका पाँचौं वरियताका स्टिफानोस चिचिपास  क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । चिचिपास क्वार्टरफाइनलमा प्रवेश गर्ने पहिलो खेलाडी बनेका छन् ।

उनले १२औं वरियताका पाब्लो क्यारेनो बुस्टालाई ६–३, ६–२, ७–५ ले पराजित गरेका थिए ।

रसियाका विश्व वरियताको दोस्रो नम्बरमा रहेका डानी मेडभेडेभले चिलीका २२औं वरियताका क्रिस्टियन ग्यारिनलाई ६–२, ६–१ र ७–५ ले सोझो सेटमा पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

महिला सिंगल्स तर्फ बेलारुसकी ३१औं वरियताकी अनास्तासिया पाब्लोचेन्कोभा विजयी भएकी छिन् । उनले १५औं वरियताकी रसियाली भिक्टोरिया अजारेन्कालाई ७–५, ६–३, ६–२ ले हराइन् ।    

यस्तै, टमारा जिडानसेक र मार्केटा भोन्ड्रुसोभा पनि आआफ्ना खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
––