२२ मंसिर २०८२, सोमबार
,
Latest
एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से
तपाईं के खोज्दै हुनुहुन्छ ?

नैकापमा सुतिरहेको अवस्थामा एक महिला मृत फेला



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका १४ स्थित नयाँ नैकापमा एक महिला मृत फेला परेकी छन्।

शुक्रबार बिहान नयाँ नैकापस्थित एक घरमा उनी सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

मृतक ३९ वर्षीया प्रफुला मानन्धर श्रेष्ठ घरको दोस्रो तलामा रहेको कोठाको भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ । बिहान ९ बजेसम्म पनि ढोका नखुलेपछि हेर्न जाँदा उनी सो अवस्थामा फेला परेकी थिईन् ।

प्रहरीको अनुसार उनको शव पोस्टमर्टको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकोछ।