३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्किना फासोमा बिद्रोहीद्वारा गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ ।

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो ।

सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनीसमेत भएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैन, तर पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन् । विशेषगरी सीमा क्षेत्रहरूमा यस्ता आक्रमण बारम्बार हुँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटना दुखद् भएको बताउँदै घटनाको निन्दा गर्नुभएको छ । 

घटनापछि बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । उहाँले अमानवीय घटनाहरूविरुद्ध सबै एक हुनु पर्ने पनि उल्लेख गर्नुभएको छ । 

यसअघि शुक्रबार राति भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको थियो । गएको महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो ।

बुर्किना फासोमा अहिले गम्भीर सुरक्षा चुनौतिको अवस्था छ । गएको मे मा आर्मीले विद्रोही विरुद्ध बिस्तारित तहको प्रतिकारात्मक कारवाही सुरु गरे पनि हिंसा रोक्न भने सकेका छैनन् ।