६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालको महाकालेश्वर मन्दिरमा विशेष पूजा, १०८ किलोको रुद्राक्ष अर्पण गरिदै



अ+ अ-

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा विशेप पूजाआराधना र वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिरमा १०८ किलोग्रामका रुद्राक्षका दाना अर्पण गर्न लाग्नुभएको छ । वैदिक सनातनि हिन्दूहरूले मान्ने गरेका १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने महाकालमा प्रधानमन्त्रीले ११ बजे पूजाआराधानाको गर्नुहुनेछ । प्रधानमन्त्रीको सवारीकै कारण शुक्रबार बिहान ६ बजेबाट मध्यान्ह १२ बजेसम्म मन्दिर सर्वसाधारणको लागि प्रवेश निषेध गरिएको छ ।

प्रधानमन्त्रीको रूपमा भारतमा प्रचण्डको यो चौथो भ्रमण हो । तर, मन्दिर भ्रमणलाई औपचारिक भ्रमणको सूचीमा राखिएको भने यो पहिलोपटक हो ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वच्छ भारत अभियानअन्तर्गत इन्दौर म्युनिसिपल कर्पोरेशनले सम्पादन गरेको कामको बारेमा उहाँले जानकारी लिने कार्यसूची छ ।

फोहर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दौरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री दाहालकोे सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले ‘टिसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । बिहीबार प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको थियो । प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।