२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल रोक्न रास्वपाको संकल्प प्रस्ताव दर्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अर्थ मन्त्रालयबाट बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस् भनी संकल्प प्रस्ताव दर्ता गराएको छ ।

पार्टीका सांसद श्री डोल प्रसाद अर्यालको नेतृत्वमा विहिबार संघीय संसद सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएको हो ।

कहिले सांसद विकाष कोष त कहिले निर्वाचन क्षेत्र विकास कोष, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम गरी विभिन्न नाम दिंदै हाल संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम नाम दिइएको प्रत्यक्ष निर्वाचित सांसदका माध्यमबाट स्थानीय विकास निर्माणका कार्यका लागि बजेट खर्च गर्ने कार्यक्रमका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस् भनी रास्वपाले संकल्प प्रस्ताव दर्ता गराएको हो ।