२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आह्वानको अर्थ छैन : झाँक्री, पारिवारिक मिलन, नत्र बाक्लो दाल खाऊ : बास्कोटा



अ+ अ-

काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि भन्दै गर्नुभएको ६ बुँदे आह्वानको बारेमा औपचारिक धारणा तय गर्न वरिष्ट नेता माधव नेपाल-झलनाथ खनाल समूहको स्थायी समितिको बैठक बस्दैछ ।

अध्यक्ष ओलीको आह्वान लगत्तै सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानको स्वागत गर्नु भएको छ ।

नेता भट्टराईले यसले कार्यदल स्तरको छलफललाई पुनः निरन्तरता दिन बाटो खुलेको समेत बताएका छन् । तर नेपाल पक्षकै नेतृ रामकुमारी झाँक्रीले भने  पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य दाबी गर्नु भएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत वक्तव्य प्रति टिप्पणी गर्दै  लेख्नुभएको छ – एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन । यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बीचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो ।

उहाँले  ओलीको आह्वान झुक्याउन, अलमलाउन र मिडिया खपतको लागि मात्र भएको दाबी गर्नुभएको छ ।

उता पूर्व सञ्चारमन्त्री एवं एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाले एकताका लागि अन्तिम प्रयास भएको जनाउँदै नभए बाटो लाग्न सुझाव दिनु भएको छ ।

उहाँले लेख्नु भएको छ – अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलाई दुई तीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा । के गर्नु ? आफ्नै हुन् माया लाग्छ । राष्ट्रकवि माधव घिमिरेको गौरी शोककाव्यमा जस्तै बनाए । यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए । लास्ट प्रयास ! पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।