१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलमाथि अनुसन्धान गर्न अन्तिमपटक म्याद थप्ने तयारी, अभियुक्तले अडियो आफ्नै भएको स्वीकारे



अ+ अ-

काठमाडाैं । प्रहरी हिरासतमा रहेका कलाकार पल शाहमाथि दोस्रोपटक लिइएको १२ दिनको समय शुक्रबार सकिँदैछ । उनी बालिका बलात्कार कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । तनहुँ जिल्ला अदालतले दोस्रोपटक गत फागुन २२ गते शाहमाथि अनुसन्धान गर्न १२ दिनको समय दिएको थियो । यसअघि अनुसन्धानका लागि प्रहरीलाई अदालतले सात दिनको समय दिएको थियो ।

यही बीचमा जबरजस्ती करणीको अर्को मुद्दा नवलपुरमा दर्ता भयो । उनलाई फागुन २४ गते अनुसन्धानका लागि नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम पूरा गर्न सकेको छैन । त्यसैले तनहुँ प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप छ दिनको समय माग गर्न लागेको बताइएको छ । तर जिल्ला सरकारी वकिल कार्यालयले थप अनुसन्धानका लागि पाँच दिनको समय माग गर्न लागिएको बताएको छ । यदि अदालतले पाँच दिनको समय दिएको अवस्थामा यो नै अन्तिमपटक म्याद थप हुनेछ । त्यसपछि अदालतमा अभियोग दर्ता भई थुनछेक बहस हुने छ ।

जिल्ला सरकारी वकिल कार्यालय नवलपरासीका अनुसार थप समय राखेर अनुसन्धान गर्दा तनहुँमा दर्ता भएको पलविरुद्धको मुद्दा प्रभावित हुने भएकाले तत्कालका लागि आवश्यक अनुसन्धान सकेर तनहुँ पठाइएको छ । यद्यपि तनहुँको पनि अनुसन्धान सकिएर थुनछेक बहस भइसकेपछि पललाई अदालतसमक्ष बयानका लागि उपस्थित गराइने छ । जिल्ला सरकारी वकिल कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार प्रतिवादीले अपराध गरेको पुष्टि हुने यथेष्ट प्रमाणहरु जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा पेश गरिएका छन् । पीडित बालिका र प्रतिवादी घटना भएको समयमा एउटै होटलमा बसेको पुष्टि भएको छ ।

गैँडाकोटस्थित एक रिसोर्टमा सुटिङका क्रममा सुटिङ युनिटले ६ वटा कोठा बुक गरेको र प्रतिवादी १०१ नम्बर तथा पीडित बालिका १०२ नम्बरको कोठामा बसेको पाइएको छ । सोही समयमा मध्यरातमा प्रतिवादी पीडित बालिकाको कोठामा गई सोही रात दुईपटक जवरजस्ती करणी गरेको पीडितको बयानलाई आधार मान्दै अभियोग पत्र दायर गरिएको छ । अभियुक्त शाहले बाहिर आएको अडियो आफ्नै भएको बयान दिएका छन् । सरकारी वकिलले अडियोलाई पनि प्रमाणका रुपमा पेस गरेको छ । तर अभियुक्तले भने आफू रातको समयमा बालिकाको कोठामा गए पनि करणी नगरेको बयान दिएका छन् ।