२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान राज्यमन्त्री मानन्धरले लिएनन् आवास व्यवस्थापन सुविधा



अ+ अ-

काठमाडौं । निवर्तमान सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीका हैसियतमा प्रप्त हुने आवास व्यवस्थापन लगायतको कुनै पनि आर्थिक सुविधा नलिएको जानकारी दिनुभएको छ । २०७६ मंसीर ४ देखि २०७८ जेठ २१ गते सम्म सहरी विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहेका मानन्धरले आवासिय सुविधा नलीएका मन्त्रीहरुलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराउने हरेक महिनाको ४० हजारका दरले राज्यमन्त्रीका रुपमा बहाल रहेको १८ महिना सम्मको रु ७ लाख २० हजार रकम नलिइएको जानकारी दिनुभएको छ । 

आज विज्ञप्ति जारी गर्दै निवर्तमान सहरी विकास राज्यमन्त्री मानन्धरले कार्यालय व्यवस्थापनका सुविधा अन्तरगत प्राप्त हुने २ लाख रकम समेत सरकारी कोषामा नै रहेको जानकारी दिनुभएको छ । खर्च भएर नजाने जिन्सी सामानहरु ल्यापटप तथा आइप्याड र सवारी साधन समेत फिर्ता बुझाइसकेको मानन्धरले बताउनुभएको छ । 

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पुरा गर्ने अभियानमा राज्यमन्त्री पदको हैसियतमा रहि जन आकांक्षा पुरा गर्न आफु निरन्तर लागेको पनि मानन्धरले दाबी गरेका छन् । 
जनताको विकासको तिब्र चाहना पुरा गर्नका लागि पारदर्शीरुपमा कार्य गरेको बताउँदै एमाले नेता मानन्धरले पारिश्रमिकको आधा रकम जनताको जीवन रक्षाका लागि कोभिड कोषमा गएको र आफ्नो चल अचल सम्पत्ती विवरणमा कुनै हेरफेर नभएको बताउनुभएको छ । 

काठमाडौं क्षेत्र नम्वर ७ बाट निर्वाचित पूर्वसांसद मानन्धरले २०७० साल देखिनै निरन्तर रुपमा  पार्टीको क्षेत्रिय कार्यालय सञ्चालनका लागि मासिक १५ हजार घर भाडा सहित अन्य खर्च व्यवस्थापन गर्दै आइरहेको जानकारी समेत दिएका छन् । समृद्ध नेपाल निर्माणको राष्ट्रिय अभियान पुरा गर्न प्रधानमन्त्री ओलीले आफुलाई विश्वास गरी राज्यमन्त्रीको जिम्मेवारी दिएको भन्दै मानन्धरले जनताको विकासको चाहना पुरा गर्ने अभियानमा निरन्तर लागिरहने बताएका छन् ।

पछिल्लो राजनीतिक परिस्थितिका कारण सरकारबाट बाहिरिनुपरेपनि पार्टीको नैतिकवान र ईमान्दार कार्यकर्ताका हैसियतले आफु सधैं जनताको घर दैलोमै रहने प्रतिवद्वता जनाउँदै नेता मानन्धरले सरकारको समृद्धिको अभियानमा बाहिरबाटै सहयोग गरिरहने बताएका छन् । नेता मानन्धरले कोरोना महामारीका कारण समस्यामा परेकालाई आफ्नै व्यक्तिगत प्रयासमा राहत, उद्दार र खाना व्यवस्थापनमा सक्रिय थिए । सहरी विकास मन्त्रालय मातहतका आयोजनाहरुको निर्माणलाई तिब्रता दिलाउन उनी निरन्तर सक्रिय थिए ।