• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ: उपकुलपति बस्नेत ★   सुनसान जंगलमा भूतको जस्तो आवाज किन र कहाँबाट आउँछ ? ★   बाफलमा आगलागी: तीन जनाको अवस्था गम्भिर ★   ४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर ★   खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी ★   सन्दीपबारे रचना रिमाल – दोषी भए कानुन अनुसार सजाय देउ निर्दोष भए विश्वकप खेल्न देउ ★   संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ: सांसद सर्वेन्द्रनाथ शुक्ला ★   दिनेश कार्तिकले विराट कोहलीलाई ‘ओरेन्ज क्याप’ लगाइदिएपछि… ★   रायोको साग बेचेर लाख आम्दानी ★   कैलालीका थारु समुुदायमा भजहरको रौनक

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेश सचिवको भेट



काठमाडौँ । चारदिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राबीच भेट भएको छ ।

आजै बुधबार भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा होटल मोर्यामा उहाँहरूले भेट गर्नुभएको हो ।

गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ ।