२६ श्रावण २०८३, मंगलवार
,
Latest
लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी नेप्से परिसूचक झिनो अङ्कले बढ्यो डोल्मा फाउन्डेसनका अध्यक्षको अनुभव: नेपालमा लगानी ल्याउन र बाहिर लैजान दुवै कठिन गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र अन्तिम संस्कारको ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र अन्तिम संस्कारको ट्रेलर सार्वजनिक भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा आधारित छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विजय लामाले चलचित्र सुटिङ गर्दा धेरै दु:ख गरेको र ट्रेलर हेरेपछि धेरै आनन्द मिलेको बताउनु भयो ।

उहाँले चलचित्र एउटा समाजको अन्तिम संस्कारको बारेमा बोलेको कथावस्तुमा आधारित रहेको बताउनु भयो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ । त्यस्तै अभिनेत्री दिया पुनले यस चलचित्रमा आफूलाई फरक भुमिका र अभिनयमा पाउने बताउनु भयो ।

चलचित्रमा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य,सुरज खालिङ,विकास अधिकारी लगायतको अभिनय छ । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको समपदन रहेको चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् । चलचित्र असार ८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।