२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र अन्तिम संस्कारको ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र अन्तिम संस्कारको ट्रेलर सार्वजनिक भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा आधारित छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विजय लामाले चलचित्र सुटिङ गर्दा धेरै दु:ख गरेको र ट्रेलर हेरेपछि धेरै आनन्द मिलेको बताउनु भयो ।

उहाँले चलचित्र एउटा समाजको अन्तिम संस्कारको बारेमा बोलेको कथावस्तुमा आधारित रहेको बताउनु भयो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ । त्यस्तै अभिनेत्री दिया पुनले यस चलचित्रमा आफूलाई फरक भुमिका र अभिनयमा पाउने बताउनु भयो ।

चलचित्रमा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य,सुरज खालिङ,विकास अधिकारी लगायतको अभिनय छ । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको समपदन रहेको चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् । चलचित्र असार ८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।