२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणका कारण मुटु रोग विशेषज्ञ सुवेदीको निधन



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणका कारण वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विकास सुवेदीको निधन भएको छ । उहाँको ह्याम्स अस्पतालमा उपचारकै क्रममा गए राती निधन भएको हो ।

ह्याम्स अस्पतालमा भेन्टिलेटरमा उहाँको उपचारको भइरहेको थियो । ४२ वर्षका डा. सुवेदीलाई २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । 

सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालनसमेत हुनुन्थ्यो । संक्रमणपुष्टि भएपछि उहाँले सोही अस्पतालमै उपचार गराइरहनुभएको थियो तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई १४ दिनअघि ह्याम्स अस्पताल ल्याइएको थियो । 

ह्याम्समा पुग्दा उहाँ गम्भिर अवस्थामा रहेको र अक्सिजन लेभल पनि घटिसकेको थियो ।  कडा निमोनिया भइसकेको अवस्थामा ह्याम्समा उहाँको ४ दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।