• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

कोशी सरकारबाट बाहिरियो जसपा



विराटनगर । जनता समाजवादी पार्टी (जसपा)कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । बुधबार बसेको जसपा प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले सरकारबाट बाहिरिने निर्णय भएको बताए । प्रदेश सरकारमा जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री छिन् ।

एक मात्र सांसद भएको जसपाबाट लिम्बु गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।

जसपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि सरकारमै रहेको नेकपा माओवादी केन्द्र नैतिक दबाबमा परेको छ । यसअघि नेपाली कांग्रेस संसदीय दलले लिखित रुपमा नै माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने आग्रह गरेको थियो ।