२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगमले कार्गाे चार्टर्ड उडानकाे भाडादर घटायो



अ+ अ-

काठमाडौंः नेपाल वायुसेवा निगमले साविकको अन्तर्राष्ट्रिय कार्गो ढुवानीमा भाडादर १३ देखि १५ प्रतिशत घटाएको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशत घटाएसँगै नेपाल वायुसेवा निगमले पनि कार्गो चार्टर्ड भाडादर कटौती गरेको हो ।

वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा आयल निगमले इन्धनको मूल्य घटाएकामा आभार प्रकट गर्दै यसबाट नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने जनाइएको छ ।

निगमले सार्वजनिक गरेको भाडादरः

चार्टर्ड दर

विमान         साविक (प्रति घण्टा)    परिवर्तित (प्रति घण्टा)    फरक (प्रति घण्टा)     फरक प्रतिशत (प्रति घण्टा)

वाइड बडी    १५,५२० डलर           १३,४६० डलर              २,०६० डलर                 १३ प्रतिशत

न्यारो बडी    ७,७१० डलर              ६,५८० डलर               १,१३० डलर                  १५ प्रतिशत

निगमले नियमित अन्तर्राष्ट्रिय उडानहरु सुचारु भएपछि अन्य गन्तव्यहरुको भाडादरमा समेत समायोजन गरिने जनाएको छ ।