![](https://newspolar.com/wp-content/uploads/2023/05/Sequence-01.00_07_25_16.Still004.jpg)
काठमाडौँ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी आज तोकिएको छ । मंगलबार दायर भएको रिटको पेसी आजका लागि तोकिएको हो ।
गणतन्त्र दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाइ चौधरी सोमबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका थिए । उनीविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशब बोहोराकि पत्नी शाहदा कडायत बोहोराले रिट दर्ता गराएकी हुन् ।
उक्त घटनाका मुख्य योजनाकारका रुपमा चौधरीविरुद्ध जिल्ला अदालत कैलाली, उच्च अदालत दीपायलले गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले यही जेठ २ गते सदर गरेको थियो । जन्मकैद अनुसार चौधरी २०९४ सालसम्म जेलमा बस्नुपर्ने थियो ।
थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रुप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ २ गते एक बालक र सात सुरक्षाकर्मीसहित आठ जनाको बिभत्स हत्या गरिएको थियो ।