३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोहीको आक्रमणबाट ३५ वर्षीय छन्नुरामको मृत्यु



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटे छन् । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतबार साँझबाट बेपत्ता भएका बोटेको आज बिहान राप्ती नदीमा शव भेटिएको हो । राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको अधिकारीले जानकारी दिनुभयो । निकुञ्जमा रातिको समयमा माछा मार्नु अवैध मानिन्छ । इजाजत प्राप्त व्यक्तिले तोकिएका साधनको प्रयोग गरेर मात्रै निकुञ्ज क्षेत्रमा माछा मार्न पाइने व्यवस्था छ । 

चालु आर्थिक वर्षको हालसम्म वन्यजन्तुबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १२ व्यक्तिको मृत्यु भएको छ । हात्ती, बाघ र गैँडाले तीन÷तीन, गौरीगाई, बँदेल र मगर गोहीबाट एक÷एकजनाको मृत्यु भएको छ । वन्यजन्तुको आक्रमणबाट यो अवधिमा २३ व्यक्ति घाइते भएका छन् ।