३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेसम्म ९५० जना पत्रकार संक्रमित, फिल्डमा खटिने पत्रकारलाई सचेत रहन आग्रह



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले फिल्डमा खटिने पत्रकार बढ्दो दरमा कोरोना संक्रमणमा पर्न थालेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

सोमबार नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना संक्रमणबाट पत्रकारहरु संक्रमित हुने दर दिनदिनै बढेको बताउनुभयो । 

देशैभरीमा अहिलेसम्म ९५० जना पत्रकार संक्रमित भइसकेको बताउनुभयो । यसरी संक्रमित भएकामध्ये १९ जनाले ज्यान गुमाइसकेको महासचिव पुरीले बताउनुभयो  । हाल २०० जनाभन्दा बढी सक्रिय संक्रमित पत्रकारहरु रहेको पनि महासचिव पुरीले जानकारी दिनुभयो ।

पत्रकार महासंघले फिल्डमा समाचार संकलन गर्ने पत्रकारहरुले स्वास्थ्य मापदण्डलाई अपनाउन पनि आग्रह गरेको छ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम पनि सँगसँगै आउने भएकोले पत्रकारहरुले आपतकालीन अवस्थामा चाहिने अत्यावश्यक सामग्री राख्न पत्रकारहरुलाई आग्रह गरेको छ । 

महासंघले जिल्ला शाखाबाट पनि समन्वय र सहयोग गर्ने भन्दै महासंघको सुचनाको सञ्जालमा आउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम बढिरहेको बेला पत्रकारहरुको श्रमसँग जोडिएका समस्या उजुरीको रुपमा महासंघमा आउन थालेको महासचिव पुरीले बताउनुभयो । 

महासंघमा उजुरी परेका ५० जना पत्रकारहरुमध्ये २९ जनाको समस्या समाधान भएको बताउनुभयो । पछिल्लो समय पत्रकारको श्रमसँग जोडिएको समस्या महासंघ एक्लैले गर्न नसक्ने भएकोले सरकारले समेत अग्रसरता देखाउनुपर्ने आवश्यकता रहेको महासंघले निष्कर्ष निकालेको पनि उहाँको भनाई छ । 

सरकारले पत्रकार र श्रमसँग जोडिएको कानूनको प्रभावकारी कार्यान्वयन गराउने हो भने समस्या समाधान छिटो हुने महासचिव पुरीले बताउनुभयो ।