३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को प्रदेशसभा बैठकमा ठाकुर–महतो पक्ष अनुपस्थित रहने



अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको ठाकुर–महतो पक्षका प्रदेश सांसदहरु प्रदेशसभा बैठकमा सहभागी नहुने भएका छन् । 

प्रदेशसभामा बसेको ठाकुर–महतो पक्ष संसदीय दलको बैठकले छैटो अधिवेशनको पहिलो बैठकमा अनुपस्थित हुने र केन्द्रको निर्देशन अनुसार अगाडि बढ्ने निर्णय गरेको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादव समूहले ठाकुर–महतो समूहका ४ मन्त्रीलाई आइतबार राति पदमुक्त गरेपछि प्रदेश सांसदहरुले अगामी रणनीति तय गर्न संसदीय दलको बैठक बसेका हुन् । 

प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक आज बस्दैछ । पहिलो दिनको बैठकमा शुभकामना र सरकारले प्रिबजेट विवरण पेस गर्ने कार्यसूचि रहेको बताइएको छ ।