जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको ठाकुर–महतो पक्षका प्रदेश सांसदहरु प्रदेशसभा बैठकमा सहभागी नहुने भएका छन् ।
प्रदेशसभामा बसेको ठाकुर–महतो पक्ष संसदीय दलको बैठकले छैटो अधिवेशनको पहिलो बैठकमा अनुपस्थित हुने र केन्द्रको निर्देशन अनुसार अगाडि बढ्ने निर्णय गरेको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादव समूहले ठाकुर–महतो समूहका ४ मन्त्रीलाई आइतबार राति पदमुक्त गरेपछि प्रदेश सांसदहरुले अगामी रणनीति तय गर्न संसदीय दलको बैठक बसेका हुन् ।
प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक आज बस्दैछ । पहिलो दिनको बैठकमा शुभकामना र सरकारले प्रिबजेट विवरण पेस गर्ने कार्यसूचि रहेको बताइएको छ ।