१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हटाइयो हवाई यात्रामा कोभिड खोप अनिवार्यको नियम



file photo
अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान सरकारले हटाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार एक पत्र पठाउँदै कोभिड–१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले गत वैशाख ३१ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय लिएको जनाएको छ ।

सोही निर्णयअनुसार प्राधिकरणले पनि यो नियमन कार्यान्वयनमा ल्याइसकेको छ । उक्त नियम हटेपछि अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले साथमा बोक्नु पर्ने खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिर्पोट बोक्नु नपर्ने भएको छ ।

यद्यपि नेपालबाट विदेश जाने यात्रुको हकमा भने सो गन्तव्य मुलुकले तोकेअनुसारका कागजात बोक्नु पर्नेछ । विश्व स्वास्थ्य संगठनले सन् २०२३ मे ५ मा एक सिफारिस जारी गरी कोभिड१९ लाई विश्वव्यापी महामारीबाट हटाएको छ ।