२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हटाइयो हवाई यात्रामा कोभिड खोप अनिवार्यको नियम



file photo
अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान सरकारले हटाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार एक पत्र पठाउँदै कोभिड–१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले गत वैशाख ३१ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय लिएको जनाएको छ ।

सोही निर्णयअनुसार प्राधिकरणले पनि यो नियमन कार्यान्वयनमा ल्याइसकेको छ । उक्त नियम हटेपछि अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले साथमा बोक्नु पर्ने खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिर्पोट बोक्नु नपर्ने भएको छ ।

यद्यपि नेपालबाट विदेश जाने यात्रुको हकमा भने सो गन्तव्य मुलुकले तोकेअनुसारका कागजात बोक्नु पर्नेछ । विश्व स्वास्थ्य संगठनले सन् २०२३ मे ५ मा एक सिफारिस जारी गरी कोभिड१९ लाई विश्वव्यापी महामारीबाट हटाएको छ ।




भर्खरै