२९ आश्विन २०८१, मंगलवार
,
Latest
 ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुवै आँखा नदेख्ने नाबालकका परिवारको अपिल



अ+ अ-

दोलखा । दुवै आँखा देख्न नसक्ने भएर पीडित बनेका कालिञ्चोक गाउँपालिका–६ धराम्थाली निवासी १० वर्षीय दीपक थामीले नयाँ जीवन पाउने आशामा सहयोगको अपेक्षा गरेका छन् । 

दुवै आँखा रातमा मात्र अलि अलि देख्ने र दिनमा नदेख्ने हुँदा उनी अहिले जीवनमरणको दोसाँधमा बाँचिरहेका कारण उपचारका लागि सहयोग गरेर नयाँ जीवन दिलाई दिन बाबु डिल्ली थामीले अपिल गर्नुभएको छ । बुबा डिल्लीकुमार र आमा कल्पनाको कोखबाट जन्म लिएका दीपक सानो उमेरमा नै सधैँ अन्धकार दिनसँग लडिरहेको छन् । 

पछिल्लो समय उनले आँखा देख्न कठिन भएपछि अस्पतालमा जाँच गर्न पुग्दा चिकित्सकले दुवै आँखाको उपचारपछि मात्र देख्न सक्ने सल्लाह दिएको तर धेरै खर्च लाग्छ भनेपछि सहयोगको अपिल गरेको बताइएको छ । 

दुवै आँखा उपचारलाई रु आठ लाखसम्म आर्थिकको जोहो गर्न चिकित्सकले भनेको बाबु डिल्लीकुमारले बताउनुभयो । उहाँले छोराको उपचारका लागि सहयोग गर्न सार्वजनिक रुपमा आग्रह गर्नुभएको छ । दीपकको नाममा रहेको सिद्धार्थ बैंकको खाता नं ०३६१४०००९०४ मा रकम जम्मा गर्न सकिने बताइएको छ । रासस