२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ता नछाडे हडताल सुरु गर्ने पहिचानवादीको चेतावनी



file photo
अ+ अ-

विराटनगर । प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ ।

प्रहरीले आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको र तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । प्रहरीले अझै २६ जनालाई हिरासतमा राखेको छ ।

प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गरी आफ्ना नेता तथा कार्यकर्ता तत्काल रिहाइको माग गर्दै माग सम्बोधन नभए बुधबारदेखि अनिश्चितकालीन आमहडताल गर्ने चेतावनी दिएको छ।