३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको डि-मोईन्स सहरमा एशियन महोत्सव, खाना देखी पहिरनसम्म प्रर्दशन (फोटोफिचर)



अ+ अ-

अमेरिका (आयोवा) । अमेरिकाको आयोवाको डि-मोईन्स सहरमा एशियन महोत्सबको आयोजना गरिएको छ ।

महोत्सवमा एशियाका बिभिन्न देशबाट आएका नागरिकहरु भेला भएका थिए । महोत्सवमा एशियाका बिभिन्न मुलुकका नागरिकहरुले आ आफ्ना् देशको सास्कृतिक कला प्रर्दशन गर्नुका साथै खाना तथा देशको पहिचना दिलाउने बिभिन्न पोशाक तथा सामग्रीहरुको प्रर्दशन गरेका थिए ।

दुई दिने महोत्सबमा नेपाल , चीन , भारत, फिलिफिन्स ,भियतनाम ,ताईवान, थाईल्याण्ड, कम्बोडिया, कोरिया , लाओस म्यानमार ,मंगोलिया लगायता मुलुकबाट अमेरिकामा आई बसोबास गरेकाहरुको सहभागीता रहेको थियो ।

डि-मोईन्समा लामो समयदेखी बस्दै आउनु भएका तथा महोत्सवको आयोजक मध्येका एक नेपाली बिकल अधिकारीका अनुसार सन् २००५ देखी यो महोत्सबमा नेपाल सहभागी हुन थालेको हो ।

उहाँले भन्नुभयो ‘महोत्सबमा नेपाली शैलीको मम तथा अन्य खानेकुराहरु र नेपाली कला सस्कृतिलाई अन्य देशका नागरिकले निकै रुचाएका छन् ।”  नेपाल चिनाउने उद्देश्यले राखिएको स्टलमा नेपाली परम्परागत सामग्री , मसला तथा पोशाकहरु संगै नेपाल बुझाउने र चिनाउने सामग्रीहरु राखिएको थियो ।

महोत्सबकै क्रममा आयोजना गरिएको सास्कृतिक कार्यक्रम र पोशाक प्रर्दशनीमा नेपालीहरुले आ आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रम स्थलमा नै भेटिनु भएका अधिकारीले भन्नुभयो “नेपालको पर्यटन प्रबद्र्धन सगै बिदेशीलाई नेपाल बुझाउन र चिनाउन यस्ता महोत्सबहरु निकै फलदायी भएका छन् । यसलाई हामी अझ प्रभाबकारी र शसक्त रुपमा आफ्नो उपस्थिती जनाउछौ ।”