३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने



अ+ अ-

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो ।  

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने भएको जानकारी दिनुभयो । उहाँले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताउनुभयो । कहिलेबाट लगाइने भन्ने अझै टुङ्गो लागेको छैन । 

खोपको पहिलो मात्रा लगाएको १२ देखि १६ हप्ता बीचमा दोस्रो मात्रा लगाइसक्नुपर्ने हुन्छ । “खोप उत्पादक कम्पनी र कोभ्याक्स सुविधा दुवैले खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा कोभिशिल्डको दोस्रो मात्रा दिन नसकिएको जानकारी गराउँछाँै”, उहाँले जारी गर्नुभएको सूचनामा भनिएको छ, “उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनिका खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राका रुपमा लगाउने व्यवस्था मिलाइएको छ ।”

उहाँले एस्ट्राजेनिकाको दोस्रो मात्राको खोपका लागि प्रतीक्षारत रहनसमेत आग्रह गर्नुभएको छ । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथि उमेर समूहका करीब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले ती व्यक्तिले लगाउन पाएका छैनन् ।

सरकार कोभिशिल्ड खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग खरीद गरेको १० लाख मात्रा खोप नआएपछि दोस्रो मात्राको खोप दिन असमर्थ भएको हो । उहाँले खोपको पहिलो मात्राले पनि कोभिड–१९ रोगबाट बचाउन मद्दत गर्ने उल्लेख गर्नुभएको छ । नेपालमा अहिलेसम्म करीब २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप र छ लाख ९१ हजार १८४ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मङ्गलबार मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप प्रदान गर्दैछ । रासस