२९ आश्विन २०८१, मंगलवार
,
Latest
 ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपिका, दिशा पटानीलाई पछि पार्दै ‘मोस्ट डिजाइरेबल वुमेन’को शीर्षस्थानमा रिया चक्रवर्ती



अ+ अ-

एजेन्सी । दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि अभिनेत्री रिया चक्रवर्ती निकै विवादमा परिन् । 

उनै रिया ‘द टाइम्स ५० मोस्ट डिजाइरेबल वुमेन २०२०’मा शीर्ष स्थानमा पर्न सफल भएकी छन् ।

उक्त सूचीमा पछिल्लो एक वर्षमा राम्रो काम गरेका र दर्शकहरुको मन जित्न सफल भएकाहरुलाई सामेल गरिएको छ । 

रिया चक्रवर्तीले दीपिका पादुकोण, दिशा पटानी, क्याट्रिना कैफलगायतलाई समेत पछि पार्दै ‘द टाइम्स ५० मोस्ट डिजाइरेबल वुमेन २०२०’को टपमा पर्न सफल भएकी हुन् ।

दोस्रो नम्बरमा मिस युनिभर्स २०२०को तेस्रो रनर अप एडलीन कैस्टोलिनो रहेका छन् । त्यस्तै, दिशा पटानी तेस्रो, कियरा आडवाणी चौथो, दीपिका पादुकोण पाँचौं र क्याट्रिना कैफ छैटौं नम्बरमा रहेका छन् ।

यसका साथै, ज्याकलीन फर्नाडिज सातौं, अनुप्रिया गोयंका आठौं, रुही सिंह नवौं र आव्रिति चौधरी दशौं नम्बरमा पर्न सफल भएका छन् । यस लिस्टको पहिलो नम्बरमा रहेकी रिया चक्रवर्ती पछिल्लो समय निकै चर्चामा थिइन् ।

नकारात्मक विषयलाई लिएर रिया चक्रवर्तीको बारेमा समाचारहरु छापिएका थिए । साथै रियाले ड्रग्स केसमा जेल समेत जानुपरेको थियो ।