२९ आश्विन २०८१, मंगलवार
,
Latest
 ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ग्वाटेमालामा



अ+ अ-

ग्वाटेमाला सिटी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस उपराष्ट्रपतिका हैसियतमा पहिलो विदेश भ्रमणका सिलसिलामा ग्वाटेमाला आइपुग्नु भएको छ । उहाँ ग्वाटेमालाको भ्रमणपछि मेक्सिको प्रस्थान गर्नु हुनेछ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूतका रुपमा उपराष्ट्रपतिले ती दुई मुलुकको भ्रमण गर्न लाग्नु भएको हो । उपराष्ट्रपति ह्यारिसले खासगरी सीमा वारपार भइरहेको तस्करी नियन्त्रणका उपायहरु घोषणा गर्नु हुनेछ । साथै उहाँले भ्रष्टाचार नियन्त्रणका उपायहरुबारे पनि अमेरिकी धारणा सार्वजनिक गर्नु हुनेछ । 

राष्ट्रपति बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई अमेरिका–मेक्सिको सीमामा उत्पन्न आप्रवासनका ठोस कारणहरु पत्ता लगाई त्यसको निराकरणका उपाय पहिल्याउन विशेष जिम्मेवारी दिनु भएको छ । उपराष्ट्रपतिका सल्लाहकार टोलीका अनुसार ग्वाटेमालाका राष्ट्रपति अलेज्यान्ड्रो जियामाट्टीसँग सोमबार तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुअल लोपेज ओब्राडोरसँग मङ्गलबार हुने बैठकमा खासगरी भ्रष्टाचार नियन्त्रणका उपायका बारेमा छलफल हुनेछ । 

विशेषदूत रिकार्डो जुनिगाले मध्य अमेरिकी राष्ट्रहरुमा कूल गार्हस्थ्य उत्पादनको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले अमेरिकाले भ्रष्टाचार नियन्त्रणलाई सर्वाधिक महत्व दिइरहेको छ भन्नुभयो । 

उपराष्ट्रपति ह्यारिस आइतबार अबेर ग्वाटेमाला सिटी आइपुग्नु भएको थियो । उहाँलाई ग्वाटेमालाका विदेश मन्त्री पेड्रो ब्रोलोले स्वागत गर्नु भएको थियो ।

ह्यारिसले ग्वाटेमाला र मेक्सिकोबाट सीमा सुरक्षा र आर्थिक लगानीका क्षेत्रमा व्यापक सहयोगको प्रतिबद्धता चाहनु भएको छ । भ्रमणका क्रममा उहाँले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बारेमा पनि छलफल गर्नु हुनेछ । अमेरिकाले ग्वाटेमालालाई पाँच लाख तथा मेक्सिकोलाई १० लाख डोज खोप दिने घोषणा गरिसकेको छ ।

मध्य अमेरिकी राष्ट्रहरु होन्डुरस र एल साल्भाडोरबाट हुने मानव पलायनले पनि अमेरिकी सीमामा तनावको वातावरण सिर्जना गर्ने गरेको छ ।