५ पुष २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गाको कित्ताकाट फुकुवा गर्ने



अ+ अ-

काठमाडौँ । सरकारले लामो समय देखि बन्द रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने बताउनुभएको हो । उहाँले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरि घर जग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास लिएको बताउनु भयो । उहाँले महानगर र उपमहानगरमा वेज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने घोषणा गरेको हो ।

उहाँले भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने बताउनु भयो। उहाँले सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले सरकारले उत्पादन र रोजगार: समृद्धिको आधार को नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तिब्रता दिने बताउनु भयो ।

उहाँले औद्योगिक प्रवद्र्धधन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने बताउनु भयो । उहाँले उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भयो ।