काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सोमबार १२ हजार २ पीसीआर र ५९०१ जनाको एन्टीजेन परीक्षणमा ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । यस्तै ७ हजार ९९० संक्रमितको मृत्यु भएको छ ।
यस्तै सोमबार ६ हजार ९५१ संक्रमणमुक्त भएका छन् भने ९२ जना संक्रमितको मृत्यु भएको छ ।
अहिले ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् ।