३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा विद्यालय’ नामकरण गर्न माग



अ+ अ-

दुल्लु । नेपाल पत्रकार महासङ्घ दैलेख जिल्ला शाखाले नौमुले गाउँपालिका –३ मा अवस्थित नेरा माध्यामिक विद्यालयलाई ‘स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा विद्यालय’ नामकरण गर्न माग गरेको छ । 

शाखाका अध्यक्ष यज्ञराज थापाका अध्यक्षतामा आज यहाँ बसेको बैठकले यसका लागि  गाउँपालिका र  विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।  

पत्रकार डेकेन्द्रको स्मृतिलाई थप जीवन्त बनाउन विद्यालयको नामकरण गर्न  आग्रह गर्ने निर्णय गरिएको अध्यक्ष थापाले बताउनुभयो ।  पत्रकार डेकेन्द्रलाई विसं २०६१ साउन २७ गते तत्कालीन द्वारी गाउँ विकास समितिमा रहेको सो विद्यालयमा हत्या गरिएको बताइएको छ । रासस