२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सुनुवाइ समिति गठन



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समिति गठन भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहको नाम प्रस्तुत गर्नुभएको थियो ।

बैठकले स्वीकृत गरेको समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले)का तर्फबाट ४/४ जना छन् ।

कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य हुनुहुन्छ भने एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम सदस्य रहनुभएको छ ।

संसदीय सुनुवाइ समितिमा नेकपा (माओवादी केन्द्र)बाट जनार्दन शर्मा सदस्य रहनुभएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पशुपति शम्शेर जबरा र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट प्रकाश अधिकारी उक्त समितिको सदस्य रहनुभएको छ ।

१५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी, नेकपा (एमाले) का देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसक्नुभएको छ ।