२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपरमा लुकाइछिपाई जङ्गली बँदेलको मासु लैजाँदै गरेका तीन पक्राउ



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नंको टिपरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालिका–६ का दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका–११ का विशाल टमटा र टिपर चालक मानबहादुर सुनार पक्राउ परेका छन् ।

टिपरमा अवैधरूपमा जङ्गली बँदलेलको मासु लुकाएर लैजाने कार्यमा संलग्न तीनै जनामाथि प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको छ । टिपरसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने बताइएको छ ।
रासस