• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते ★   परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता ★   युरो कपमा आज समूह ‘ई’ का खेलहरु नकआउट जस्तै, चारवटै टिमको ३ अंक ★   ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’ ★   महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह ★   राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट ★   पोखरामा सडक भासिँदा आवागमनमा समस्या ★   चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक, पोस्टरमा वर्षा बनिन् केन्द्र ★   झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही ★   भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध

साउदी सरकारले क्रिस्टियानो रोनाल्डोलाई २२ क्यारेट सुनको बाइक उपहार दिएको हो ?



एजेन्सी । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको क्रेज विश्वभर रहेको छ । हालै भाइरल भइरहेको एक भिडियोमा रोनाल्डोलाई साउदी अरब सरकारले गोल्ड प्लेटेड मोटरसाइकल उपहार दिएको चर्चा चल्यो ।

यो मोटरसाइकल २२ क्यारेट सुनबाट बनेको दाबी गरिएको छ तर खेलाडी वा साउदी सरकारले भने यसको पुष्टि गरेको छैन । जानकारीका लागि क्रिस्टियानो रोनाल्डो अहिले साउदी अरेबियाको रियादको अल–नासर क्लबबाट साउदी प्रो लिग खेलिरहेका छन् ।

एक भिडियो ट्विटरमा शेयर गरिएको छ, जुन अहिले विभिन्न सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा सुनको चम्किलो मोटरसाइकल देखिन्छ, जसका धेरै भाग २२ क्यारेट सुनले बनेको दाबी गरिएको छ ।

यो सुन्दर मोटरसाइकलको चमक देखेर जो कोहीको आँखा चकित पर्न सक्छ । भिडियो शेयर गर्दै क्याप्सनमा लेखिएको छ, ‘फुटबलर रोनाल्डोलाई साउदी अरब सरकारले उपहार दिएको मोटरसाइकल ।’

यद्यपि, द क्वीन्टका अनुसार भने यो बाइक साउदी अरबका फैसल अबु सारा नामका व्यक्तिको रहेको बताइएको छ ।